Gurans Secondary School
Technical Education in Community School(TECS) Program
Madhuban Municipality-6, Bardiya
 
Home Event
सम्मान, नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम
April 4, 2018
मिति २०७४ चैत २० गते मंगलवारका दिन विद्यालयमा एक कार्यक्रमको आयोजना गरि बर्दिया जिल्ला निर्वाचन क्षेत्र नं.-२ बाट संघीय संसदको प्रतिनिधि सभा सदस्यमा निर्वाचित माननीय सांसद तथा पूर्व मन्त्री श्री सन्त कुमार थारु, प्रदेश नं. ५ प्रदेश सभामा बर्दिया जिल्ला निर्वाचन क्षेत्र नं.२ (ख) बाट निर्वाचित माननीय प्रदेश सभा सदस्य श्री कुलप्रसाद पोख्रेल, मधुवन नगरपालिकाका नगर प्रमुख श्री गणेश बहादुर क्षेत्री, मधुवन नगरपालिकाका उप-प्रमुख श्री शुभरानी थारु, मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री धर्म राज न्यौपाने र मधुवन नगरपालिका वार्ड नं.-६ का वडाध्यक्ष श्री भक्त बहादुर सुनारलाई सम्मान गरियो । कार्यक्रममा प्रधानाध्यापक श्री केशव पौडेलले स्वागत मन्तव्य र शिक्षक अभिभावक संघका अध्यक्ष श्री लक्ष्मण कुमार कुवँरले विद्यालयको समग्र शैक्षिक अवश्था र विद्यालयमा विद्यमान समस्याहरुको बारेमा जानकारी गराउनु भएको थियो । मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री धर्म राज न्यौपाने र नगर प्रमुख श्री गणेश बहादुर क्षेत्रीले विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर वृद्धिका गरि नमूना विद्यालयकोरुपमा विकास गर्न आवश्यक सहयोगका लागि नगरपालिका कार्यालयको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नु भयो । भने, माननीय प्रदेश सभा सदस्य श्री कुलप्रसाद पोख्रेल र माननीय सांसद श्री सन्त कुमार थारुले छात्रावास लगाएत भौतिक विकास र प्राविधिक शिक्षा कार्यक्रम तर्फ प्रविधि अनुसरण योजनाको खाका तयार पार्न विद्यालयलाई निर्देशन दिदै विद्यालयले तयार पारेको विकास योजनालाई मूर्तरुप दिन आवश्यक पर्ने सहयोग उपलब्ध गराउन हरतरहले कोशिस गर्ने प्रण गर्नु भयो । कार्यक्रममा विद्यालय शिक्षा तर्फ कक्षा ८ बाहेकका कक्षाको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरि उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष श्री रामगोपाल थारुको शभापतित्व र शिक्षक विष्णु प्रसाद अधिकारीको सहजिकरणमा संचालन गरिएको थियो ।